आज सुनको मूल्य बढ्यो

Posted on: 19 Jan, 2021

माघ ६, काठमाडौँ । आज सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा आज प्रतितोला रु ४ सयले बढेर चपवाल सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ। तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।  

यस्तै आज चाँदीको मूल्य पनि सोमबारको तुलनामा मंगलबार बढेको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!