नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बन्द हुँदै

Posted on: 19 Jan, 2021

माघ ६, काठमाडौं । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ बन्द हुने भएको छ । मंगलबार बैंकले सूचना जारी गर्दै बन्द हुने जनाएको हो । योसंगै लगानीकर्ताहरुले आइपिओको लागि आवेदन दिने आज अन्तरिम दिन हो ।

ढिलोमा माघ १६ गतेसम्म विक्री अवधि तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागे बैंकले जनाएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटललका अनुसार ११ लाख ७७ हजार ९२० जना आवेदकबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो । 

कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता सार्वजनिक निष्कासन गरेको हो । तीमध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि,शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्ट्याएको थियो ।

ति मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!