पेट्रोलियम पदार्थको मूल्य बढ्यो,कति पुग्यो प्रति लिटर ?

Posted on: 19 Jan, 2021

माघ ६, काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। सोमबार राति १२ बजे देखि लागु हुने गरि प्रतिलिटर २ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

मूल्य वृद्धिसंगै पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । 

यसअघि प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा छ । 

डेढ महिनाको अन्तरालमा इन्डियन आयल निगम (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार सबै प्रकारका इन्धनमा ७-७ रुपैयाँ महँगो र एलपी ग्यास १९ रुपैयाँ महँगो भइसकेको छ । यसै कारणले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!