५.५७ अंकले घट्यो नेप्से परिसूचक

Posted on: 19 Jan, 2021

माघ ६, काठमाडौँ । मंगलबार शेयर बजार मापक नेप्से परिसूचक ५.५७ अंकले घटेको छ । आज ५.५७ अंक अर्थात ०.२४ प्रतिशतले घटेर २३२६.९० मा रोकिएको हो । २ सय ६ कम्पनीको ५७ हजार ९ सय ८० पटकको कारोबारमा १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँमा खरिद बिक्रि भएको छ ।

कारोबारको सुरुदेखि नै उतार चढाव रहेको बजारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको थियो । कारोबारमा बैंकिङ समूहको उपसूचक ८.०६, विकास बैंक २४.३८, निर्जीबन बीमा समूहको उपसूचक १२४.८९ अंकले घटेको छ भने वित्त कम्पनीको ३७.२२ र जीवन बीमा समूहको उपसूचकमा सामान्यमा सुधार देखिएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्स कारोबार रकमको आधारमा अग्र स्थानमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!