सुनको मूल्य बढ्यो,कति पुग्यो प्रतितोला ?

Posted on: 20 Jan, 2021

माघ ७, काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!