भारतले दियो नेपाललाई १० लाख डोज कोरोना बिरुद्धको खोप

Posted on: 20 Jan, 2021

माघ ७, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको १० लाख डोज खोप भारतले नेपाललाई दिएको छ । बुधबार कोरोनाविरुद्धको खोपको विषयमा गरिएको नेपाल-भारत संयुक्त पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले उक्त जानकारी दिए । 

भारतले सहयोग गरेको कोरोनाबिरुद्धको खोप बिहिबार देखिनै नेपाल आउने उनले बताए । मन्त्री त्रिपाठीले महामारीको समयमा भारतले नेपाललाई गरेको सहयोग प्रति धन्यवाद दिए । उनले नेपालले कोरोनाबिरुद्धको खोप खरिदको लागि तयारी पनि गरिरहेको बताए । 

भारतले नेपाललाई कोरोना भाइरस बिरुद्धको खोप सहयोग गर्नु मित्रताको अनुपम उदाहरण रहेको बताउंदै आगामी दिनमा पनि खोप खरिदका लागि भारतको सहयोग महत्वपूर्ण हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!