सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ  । बिहिबार सुनको मूल्य बढेको छ ।बुधबारको तुलानामा प्रतितोला रु ६०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । 

बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!