सिटिजन्स बैंकले गर्यो भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ । सिटिजन्स बैकले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । 

यस प्रविधीमा मेसिनभित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यो प्रविधि सरल हुने र कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिन्छ ।

राष्ट्र बैंकको नियमानुसार हाललाई यस प्रविधिबाट प्रति कारोबार २ हजार रुपैयाँसम्म बिना पिन कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!