घट्यो सुनचाँदीको मूल्य

Posted on: 22 Jan, 2021

माघ ९, काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबारको तुलनामा आज प्रतितोला रु २ सयले घटेर छापावाल सुन ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!