सुनको मूल्य बढ्यो

Posted on: 26 Jan, 2021

माघ १३, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा प्रतितोला छापावाल सुनको मूल्य बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । 

अघिल्लो दिन तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!