इन्फ्रास्टक्चरको आईपीओ शुक्रबार बाँटफाँड

Posted on: 27 Jan, 2021

माघ १४, काठमाडौँ । हाल सम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ शुक्रबार भित्रै बाँटफाँड हुने भएको छ। विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बाँटफाँड गर्ने गरी तयारी अघि बढाइएको बताएको छ ।

कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता सार्वजनिक निष्कासन गरेको थियो । तीमध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि,शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्ट्याएको थियो ।

ति मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

अहिले उक्त बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!