हवाई भाडा बढ्यो,कुन ठाउँको कति ?

Posted on: 19 Feb, 2021

फागुन ७, काठमाडौँ । वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ । नेपाल वायुसेवा निमगले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । शुक्रबार संघले विज्ञप्ति जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ । 

हवाई इन्धनको मूल्य बढेसँगै विमान कम्पनीहरुले लिने फ्युल चार्ज न्यूनतम १० रुपैयाँदेखि ९० रुपैयाँसम्म बढाएका छन् । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको थियो । 

हवाई इन्धनको मूल्य जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने सरकारको निर्णय अनुसार संघमा आबद्ध वायुसेवा कम्पनीहरुले फ्युल चार्ज बढाउने निर्णय गरेको जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!