माघ महिनामा अध्यागमन विभागबाट ३३ हजार भिसा जारी,८ जना विदेशी निष्कासन

Posted on: 21 Feb, 2021

माघ ९,काठमाडौं । अध्यागमन विभागले माघ महिनाको प्रगतिविवरण सार्वजनिक गरेको छ । विभागका अनुसार सो महिनामा १२ प्रकारका ७ हजार ५३६ वटा भिसा जारी भएका छन् । जसबाट विभागले ३ करोड ७६ लाख ९२ हजार ५०७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

महिनामा मात्रै ८ जना विदेशी गरी चालु आवको माघ महिनासम्ममा १३१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको विभागले जनाएको छ । माघमा पर्यटक भिसा ५ हजार २३९ वटा, पर्यटक थप भिसामा ९५१ वटा भिसा, व्यवसायिक भिसा २३८ वटा, बैवाहिक भिसा ११४ वटा, अध्ययन भिसा १३७ वटा, गैरआवासीय नेपाली भिसा ११६ वटा जारी भएका छन् ।

यस्तै नाता भिसा ३८६ वटा, कामदार भिसा १६६ वटा, डिप्लोमेटिक भिसा ५५ वटा आश्रित भिसा १३४ वटा जारी भएका छन् । चालु आवमाको माघ महिनासम्ममा जारी भएका भिसाबाट उक्त राजस्व संकलन भएको विभागले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!