दोहाबाट ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको बाला सहित विमानस्थलबाट एक पक्राउ

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । आइतबार सर्लाहीको मलंगवा नगरपालिका ३ स्थायी घर भएका ४१  बर्षिय मो.मेराज मिकरानीलाई प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियामा आएर कतार एयरवइजको उडानद्वारा दोहाबाट काठमाण्डौं आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन जस्तो देखिने पंहेलो रंगको धातुको बाला थान- ३ (तीन) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । 

उनको साथमा फेला पारेको बाला बरामद गरेर आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!