ज्योति लाइफको ६६ करोडको आइपिओ आउँदै,धितोपत्र बोर्डले दियो स्वीकृति

Posted on: 21 Feb, 2021

फागुन ९, काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आइपिओ) निष्काशनको लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्वीकृति पाएको छ ।

कम्पनीले कुल चुक्ता पुँजीमा ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृति पाएको हो। अंकित मूल्य रु १०० मा ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको कम्पनीले आइपिओ निष्कासन गर्नेछ । यसको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!