एनसेल एपको नयाँ संस्करण सार्वजनिक,सुविधा यस्ता छन्

Posted on: 23 Feb, 2021

फागुन ११, काठमाडौँ । एनसेलले एपको नयाँ संस्करण संचालनमा ल्याएको छ । ग्राहकले आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्छन् । उक्त अवसरमा उक्त एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जिबी डेटा निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

एप प्रयोगकर्ताले मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु लिन सक्नेछन । एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी डेटा र भ्वाइस प्याकहरु लिन सकिन्छ।

यससँगै ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ् लगायत काम एपबाटै गर्न सक्छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!