नेप्सेमा देखिएको समस्या समाधान,नेपाल इन्फ्रास्ट्रचर बैंकको कारोबार सुरु

Posted on: 24 Feb, 2021

फागुन १२, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा देखिएको समस्या समाधान भएसंगै नेपाल इन्फ्रास्ट्रचर बैंकको कारोबार सुरु भएको छ । यसअघि बैंकको शेयर कारोबारमा समस्या देखिएको थियो । उक्त समस्या समाधन भएसंगै इन्फ्रास्ट्रचर बैंकको कारोबार पनि सुरु भएको नेप्सेले जनाएको छ ।

बुधबार एक्कासी बैंकको शेयर मूल्य शुन्यमा झरेको थियो । बैंकको सेयर मूल्य ९.९३ प्रतिशतले घटेर ५३५ मा झरेको छ । नेप्सेका अनुसार अहिले नेप्से २२.९२ अंकले बढेर २६०९.४३ अंक पुगेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!