५ सयले घट्यो सुनको भाउ,प्रतितोला कति पुग्यो ?

Posted on: 25 Feb, 2021

फागुन १३, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनमा प्रतितोला रु ५ सयले घटेर छापावाल सुनको मूल्य ८९ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार पनि प्रतितोला ३ सयले घटेर छापावाल सुनको मूल्य ८९ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ८८ हजार ८ सय ५० मा कारोबार भएको छ । बिहिबार चाँदीको मूल्य भनव बढेको छ । 

हिजोको तुलनामा १० रुपैंयाले बढेर १३ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!