त्रिभुवन विमानस्थलबाट पहेँलो धातुको बाला सहित दुई जना पक्राउ

Posted on: 25 Feb, 2021

फागुन १३,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित दुई जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले पाँचथरका चित्र शेर्मा र मोरङको पथरीका रमेश तामाङलाई पक्राउ गरेको हो ।

शेर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किमा आएर कतार एयरवेजको उडानद्वारा दोहाबाट काठमाण्डौं आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला थान- २ (दुई) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई नियन्त्रमा लिएर सोधपुछ गर्दा संलग्नता रहेको पाइएकाले नियन्त्रमा लिएर बाला बरामद गरिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!