महिला लघुवित्तको आईपीओ बाँडफाँड

Posted on: 26 Feb, 2021

फागुन १४, काठमाडौँ । शुक्रबार महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड गरिएको छ । बिहान संस्थाको आईपीओ बाँडफाँड गरिएको हो । ३७ हजार ५ सय भाग्यमानी लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पारेका छन्  । 

४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको हो ।  कुल आवेदक १५ लाख ४० हजार ३५ जनामध्ये ३ हजार ३५३ वटा आवेदन अयोग्य भएका थिए । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरले ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । 

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणका लागि निष्काशन गरिएको थियो । 

संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गका अनुसार माग गरेभन्दा झण्डै ६३ प्रतिशत बढीले माग आवेदन दिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!