सुनको मूल्य घट्यो,प्रतितोलाको कति ?

Posted on: 28 Feb, 2021

फागुन १६, काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य ५ सयले घटेर प्रतितोला रु ८८ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य ८८ हजार ८ सय कायम भएको थियो।

यस्तै आज तेजाबी सुनको मूल्य ८७ हजार ८ सय ५० मा कारोबार भएको छ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला रु २५ ले घटेको हो । 

आज प्रतितोला चाँदी १३ सय २५ मा कारोबार भएको महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!