४० अंकले बढ्यो नेप्से परिसूचक

Posted on: 01 Mar, 2021

फागुन १७, काठमाडौँ । साताको दोश्रो दिन शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा रोकिएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ६.४७ अंक, फ्लोट इण्डेक्स २.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१५ अंक बढेको छ ।

आज बजारमा २०९ कम्पनीको ७० हजार ३३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ वटै उपसमूहका परिसूचकहरु भने बढेका छन्।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत बढेको छ। उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज कारोबारमा आएको चन्द्रागिरी हिल्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४१ रुपैयाँ बढेर ४५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!