विदेशबाट ल्याएका सामान सहित विमानस्थलबाट एकजना पक्राउ

Posted on: 03 Mar, 2021

फागुन १९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशबाट ल्याएका विभिन्न समान सहित एक जना पक्राउ परेका छन् । भोजपुर ट्याम्किमैयुङ गाउँपालिका ४ का २८ का शिसिर राई इलेक्ट्रोनिक्स समान सहित विमानस्थलबाट पक्राउ परेका हुन् । 

मंगलबार नेपाल एयरलाईन्सको उडान मार्फत हङकङबाट काठमाण्डौं आएका विभिन्न यात्रुलाई भन्सार छली गर्न लगाई विभिन्न समान लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको पप्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले ड्रोन क्यामेरा थान-५, SONY ब्याट्री थान-८, क्यामेरा एडप्पटर थान- १, ब्याट्री चार्चर थान-१, तयारी कपडा (टिसर्ट, स्वीटर, ज्याकेट, पाईन्ट आदी) थान-७०, जुत्ता (Nike, ZARA, लेडिज) जोर-८, पावर ब्याङ्क थान-१, फेसियल तेल बट्टा-५, परफ्यूम थान.-.६ र झोला (पछाडी बोक्ने) थान-७ (अन्दाजी मुल्य १५,०६,०००।-)अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको छ । 

बरामद सामानहरु सहित निजलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!