सिंगटी हाइड्रो इनर्जीको आइपीओ निष्काशन हुने, कति कित्ता भर्ने ?

Posted on: 05 Mar, 2021

फागुन २१, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि आइइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!