आज सुन मूल्य कति ?

Posted on: 08 Mar, 2021

फागुन २४, काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा प्रतितोला रु १ सयले बढेर छापावाला सुनको मूल्य ८६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार कायम भएको थियो ।

यस्तै आज आज तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ५० कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि बढेको छ । हिजोको तुलनामा आज प्रतितोला रु १५ ले बढेर चाँदीको मूल्य १२ सय ६५ कायम भएको छ । 

यसअघि आइतबार प्रतितोला रु १२ सय ५० चाँदीको मूल्य कायम भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!