यस्तो छ आज सुनचाँदीको मूल्य

Posted on: 15 Mar, 2021

चैत २, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि  आइतबार प्रतितोला रु ४ सयले बढेको थियो ।  

यस्तै तेजाबी सुनको मूल्य आज ८६ हजार १ सय ५० कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य भने बढेको छ । हिजोको तुलनामा आज प्रतितोला रु ५ ले बढेर  १२ सय ७५ मा चाँदी कारोबार भएको छ ।  

पछिल्लो केहि समय घटबढ भएको सुनको भाउ आज भने स्थिर रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!