२.५६ अंकले बढ्यो नेप्से

Posted on: 16 Mar, 2021

चैत ३, काठमाडौँ । मंगलबार शेयर बजारमा केहि सुधार आएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज २.५६ अंकले बढेर २३९१ बिन्दुमा रोकिएको हो । पछिल्लो समय निरन्तर ओरालो लागेको नेप्से आज केहि सुधार आएको छ । 

मंगलबार कारोबारमा आएका २ सय १६ कम्पनीको ४६ हजार ५ सय ४० पटकको कारोबारमा ९० लाख १२ हजार कित्ता शेयर ३ अर्ब ३७ करोड ९६ लाख ९९ हजार रुपैंयामा खरिदबिक्री भएको छ । कारोबारमा आएका १३ उपसमूह मध्ये बैंकिङ,होटेल,फ़ाइनाइको शेयर बढेको छ भने ट्रेडिङ,विकास बैंक,हाइड्रो पावरले गुमाएका छन् । 

आज पाँच वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रो, घलेम्दी हाइड्रो, ग्रीनलाइफ हाइड्रो र खानीखोला हाइड्रो कम्पनी छन् । त्यसैगरी कारोबार रकमका आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स, माथिल्लो तामाकोसी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!