बढ्यो सुनको मूल्य

Posted on: 17 Mar, 2021

चैत ४, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार ८६ हजार ६ सयमा छापावाल सुन कारोबार भएको थियो । 

यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार ४ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । हिजोको तुलनामा आज प्रतितोला रु १० ले घटेर चाँदीको मूल्य १२ सय ७० कायम भएको हो । 

केहिदिन अघि स्य्थिर रहको सुनचाँदीको भाउ फेरी बढ्न थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!