भाडा बढाउन यातायात व्यवसायीको माग

Posted on: 18 Mar, 2021

चैत्र ५, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै यातायात व्यवसायीहरुले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेका हुन् ।

चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने व्यवसायीले चेतावनी दिएका छन् । सरकारले २०६५ चैत २० गते वैज्ञानिक भाडा दर प्रक्रिया अनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत योगदान रहने आधार तयार गरेको थियो ।

त्यस्तै बीमा, कर, बैंक ब्याज, पार्टपूर्जा, टायर, लुब्रिकेन्टलगायतका सामग्रीहरुमा भएको मूल्यवृद्धिको ६५ प्रतिशत योगदान रहने सरकारले आधार तयार गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!