बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on: 18 Mar, 2021

चैत ५, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने धनकुटा, धनकुटा नगरपालिका-६ घर भएका ६३ वर्षीय महेन्द्र नारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ड नगरपालिका-९ बस्ने ५८ वर्षीय लाक्पा लामालाई प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरुलाई झुक्यानमा पारी नेपाल बैंक लिमिटेड र एनआईसि एशिया बैंकका बिभिन्न रकमका चेकहरु काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएकाले पक्राउ गरिएको हो । 

उनीहरुमध्ये श्रेष्ठलाई उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना तथा लामालाई उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद र १० लाख ४५ हजार रुपैयाँ जरिवना ठहर भई फरार रहेका थिए । 

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले श्रेष्ठलाई बुधाबर ललितपुर र लामालाई काठमाडौं बुढानिलकण्ठबाट बिहीबार पक्राउ गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!