एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ

Posted on: 19 Mar, 2021

चैत ६,काठमाडौं । एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।  

उनलाई शुक्रबार बिहान साढे २ बजे उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!