नेप्सेलाई निफ्राको जवाफ : 'बण्ड छिट्टै जारी गर्छौं, लगानीकर्तालाई ८ प्रतिशत लाभांश प्रक्षेपण हो'

Posted on: 21 Mar, 2021

चैत ८, काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले नेप्सेमा स्पष्टिकरण पेश गरेको छ । नेप्सेले बैंकलाई लाभांश र  बोन्ड जारी गर्ने विषयमा नेप्सेलाई जानकारी नै नदिई मिडिया मार्फत प्रचार प्रसार गरेको भन्दै नेप्सेले ३ दिने स्पष्टिकरण सोधेको थियो । सो पश्च्यात ३० मिलियन डलरको बण्ड जारी गर्ने विषयमा बैंकले चैत ८ गते नेप्सेलाई जवाफ दिएको हो ।

स्पष्टिकरण पत्रमा  बैंकले  ३० मिलियन डलरको बन्ड जारि गर्ने र लण्डन स्टक एक्सचेन्जमा सुचिकृत गराउने  विषय आईपिओ निष्काशन अगर्नु भन्दा अगाडी कै रहेको उल्लेख गरेको छ । यसको लागि प्रारम्भिक सहमति र स्वीकृति समेत प्राप्त भईसकेको र आईपिओ निष्काशन गर्दाको विवरणपत्र मै यस विषयमा खुलस्त पारिएको बैंकले जनाएको छ । 

साथै, लगानीकर्तालाई लाभांशको दिने विषय केहो भन्ने नेप्सेको प्रश्नमा बैंकले लगानीकर्तालाई ८ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीको प्रक्षेपण रहेको पनि बताएको छ । जुन बैंकले आईपीओ जारी गर्ने क्रममा प्रकाशित गरेको विवरणपत्रमा आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरेको थियो ।

साथै, बैंकले दीर्घकालीन पूर्वाधार परियोजनामा लगानी गर्न मुलतः ऋणपत्र जारी गरी श्रोत संकलन गर्ने मूख्य उद्देश्य लिएको छ । सोही अनुसार जारी गर्ने ऋणपत्रको प्रकृति तथा लगानीकर्ताका किसिम भिन्न भिन्न हुन सक्ने हुँदा बैंकले अन्य बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतका संस्थागत लगानीकर्तालाई उपयुक्त हुने ऋणपत्र जारी गर्ने, संस्थागत लगानीकर्ता भित्र्याउने सम्बन्धमा प्रारम्भिक अध्ययन अघि बढाएको जानकारी गराएको छ ।

नेप्सेलाई बैंकको जवाफ



यस बिषयमा तपाइको प्रतिक्रिया...!