६३.३८ अंकले बढ्यो नेप्से

Posted on: 21 Mar, 2021

चैत ८, काठमाडौँ । साताको पहिलो दिन शेयर बजार मापक परिसूचक अंक (नेप्से)आज शेयर ६३.३८ अंकले बढेर २५३८.४६ विन्दुमा रोकिएको छ । आइतबार २०६ कम्पनीको ८० हजार ९ सय पटकको कारोबारमा १ करोड २४ लाख ४३ हजार कित्ता शेयर ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैंयामा खरिद बिक्रि भएको छ ।

कारोबारमा आएका सबै उपसमूहको शेयर मूल्य बढेको छ । आइतबार बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, व्यापार समूहको १३, होटल तथा पर्यटनको एक सय ५३, विकास बैंकको ४७, जलविद्युतको १३, फाइनान्स समूहको ६, माइक्रो फाइनान्स समूहको दुई सय २६, उत्पादनको एक सय ७२, अन्यको ५८, जीवन बीमा समूहको शेयर सात सय ४२, निर्जीवन बीमाको पाँच सय ६१ र लगानी समूहको शेयर एक दशमलव २५ अङ्कले बढेको छ ।

स्वरोजगार, महिला र सूर्योदय लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशत र अन्य सात वटाको नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!