२४ अंकले घट्यो नेप्से

Posted on: 22 Mar, 2021

चैत ९, काठमाडौँ । शेयर बजार मापक परिसूचक नेप्से सोमबार २४.८ अंकले घटेर २५१४.३९ को विन्दुमा सिमित भएको छ । साताको दोस्रो दिन २११ कम्पनीको ६१ हजार ४ सय ८७ पटकको कारोबारमा १ करोड ९ लाख ३१ हजार कित्ता शेयर ५ अर्ब ३५ करोड १३ लाख ३७ हजार रुपैंयामा खरिद बिक्रि भएको हो ।

सोमबार कारोबारमा आएका १३ वटा उपसमूह मध्ये होटेल र जलबिद्युतको बाहेक अरुको शेयर घटेको छ । आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी, चन्द्रागिरि हिल्स, अरुण भ्याली हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था छन् भने सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा प्रुडेन्सियल इन्स्योरेन्स, सपार्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!