घट्यो सुनको भाउ,कति पुग्यो प्रतितोला ?

Posted on: 23 Mar, 2021

चैत १०, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा प्रतितोला ३ सयले घटेर छापावाल सुनको मूल्य ८६ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि आईतबार प्रतितोला सुन ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार २ सय ५० कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । हिजोको तुलनामा प्रतितोला रु १० ले घटेर चाँदीको मूल्य १२ सय ५\० कायम भएको हो । 

आइतबार चाँदीको मूल्य १२ सय ८० कायम भएको थियो भने सोमबार १२ सय ६० मा कारोबार भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!