१४.५७ अंकले बढ्यो नेप्से

Posted on: 23 Mar, 2021

चैत १०, काठमाडौँ । शेयर बाजार मापक परिसूचक अंक नेपाल स्टक एक्सचेन्ज १४.५७ अंकले बढेको छ । साताको तेस्रो दिन नेप्से १४.५७ अंकले बढेर २५२८.९५ को विन्दुमा रोकिएको हो । आज कारोबारमा आएका २०८ कम्पनीको ६१ हजार ४ सय २२ पटकको कारोबारमा १ करोड २ लाख ७६ हजार ७ सय १० कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले  जनाएको छ ।

आज ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा शेयर कारोबार भएको छ । मंगलबार साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, रसुवागढी हाइड्रोपावर, कालिका पावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले सबैभन्दा बढी कमाउनेमा छन् ।  

बढी गुमाउने शीर्ष कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर, सप्तकोसी डेभलपमेण्ट बैंक, हिमालयन पावर पार्टनर, अरुण भ्याली हाइड्रोपावर र युनाइटेड फाइनान्स लिमिटेड छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!