२० हजार बढीले लिए फागुन महिनासम्म पर्यटन भिसा

Posted on: 23 Mar, 2021

चैत १०, काठमाडौँ । अध्यागमन विभागले चालु आर्थिक वर्षको फागुन महिना सम्म विभिन्न प्रकारका ४२ हजार ३५२ भिसा जारी गरेको छ । विभागले फागुन महिनामा मात्रै ९ हजार ६६ वटा भिसा सहित ४२ हजार ३५२ कित्ता भिसा जारी गरेको हो ।

विभागले विभिन्न १३ प्रकारका भिसाबाट ४२ करोढ २६ लाख २९ हजार ४५० रुपैयाँ राजस्व संकलन गरेको छ । फागुन महिना मात्र ९ हजार ६६ वटा भिसा जारी गरी ४ करोड २१ लाख ४६ हजार १८३ रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले सो महिनामा पर्यटक थप भिसा १२ हजार २९७, नाता भिसा २ हजार ९९२, कामदार भिसा १ हजार ९१२, वैवाहिक भिसा ८८५ वटा भिसा जारी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!