पठाओले भन्यो:राइड निर्वाध संचालन हुन्छ, कपड़ा भने प्रयोग नगर्न निर्देशन

Posted on: 23 Mar, 2021

चैत १०, काठमाडौँ । पठाओले राइडरलाई तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेपर प्रयोग नगर्न भनेको छ । अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न राइडरलाई  प्रोटेक्टिभ गेपर (ज्याकेट र ट्राउजर सहितको कपडा प्रयोग नगर्न भनेको हो । 

राइड भने निर्वाध संचालन हुने पठाओले जनाएको छ । 'पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफत अनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेपर प्रयोग नगर्न निर्देशन भएकोले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपड़ा अर्को सूचना नआएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरहरुलाई अनुरोध गर्दछौ ।' पठाओले भनेको छ ।

उक्त निर्देशनलाई वेवास्ता गरेमा प्रशासनबाट कारवाही समेत हुन सक्ने भन्दै सो अवस्थामा कम्पनी जिम्मेवार नहुने बताएको छ। कोरोना कहरमा जारी गरिएको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल ले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई प्रोटेक्टिभ गेपर (ज्याकेट र ट्राउजर सहितको कपडा राइडको समयमा अनिवार्य गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!