बढ्यो सुनको मूल्य

Posted on: 25 Mar, 2021

चैत १२, काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा प्रतितोला रु २ सयले बढेर छापावाल सुनको मूल्य ८६ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार प्रतितोला सुन ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार ४ सय ५० कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । हिजोको तुलनामा प्रतितोला रु १० ले घटेर चाँदीको मूल्य १२ सय ३० कायम भएको हो । बुधबार चाँदीको मूल्य १२ सय ४० कायम भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!