राष्ट्रिय अनुसन्धान विभागले माग्यो १ सय ४ जना कर्मचारी (विज्ञापन सहित)

Posted on: 26 Mar, 2021

चैत १३, काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा १ सय ४ जना कर्मचारी माग गरेको छ । विभागले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । 

जसमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ । विभागले खुल्ला तथा समावेशी तबरले दरखास्त आह्वान गर्दै योग्यता पुगेको इच्छुक आवेदकले ०७८ बैशाख १२ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।  दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आवेदनको लागि अनुसन्धान अधिकृतमा ०४७ सालदेखि ०५६ सालभित्र जन्म भएको, अनुसन्धान सहायकका लागि ०४७ सालदेखि ०५९ सालभित्र जन्म भएको र सहायक सूचकका लागि आवेदन दिन ०५२ सालदेखि ०५९ सालभित्र जन्म भएको हुनुपर्ने विभागले जनाएको छ ।

हेर्नुहोस सूचना :

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!