ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

Posted on: 26 Mar, 2021

चैत १३, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ ।

ग्लोबल आइएमई बैंकका देशभर २७३ शाखा सञ्जाल सहित २४२ एटिएम, ४७ एक्सटेन्सन रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!