ज्योति लाइफको आइपिओ बाँडफाँड,कसरी हेर्ने नतिजा ?

Posted on: 26 Mar, 2021

चैत १३, काठमाडौँ । शुक्रबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आइपिओ) बाँडफाँड गरेको छ । कम्पनीले ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले आइपिओ बाँडफाँड गरेको हो ।

गत फागुन २१ गते निष्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थिए। यो संख्या हालसम्मकै उच्च हो। आवेदक मध्ये १२ लाख ४८ हजार ४९६ जना आवेदकको हात खाली भएको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 

जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो। ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका छन् । नतिजा केहीबेरपछि आइपिओ रिजल्ट डट् सिडिएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत सेयर ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको वित्तीय अवस्था हेर्दा आर्थिक वर्ष २०७६/७७ मा प्रति सेयर नेटवर्थ १३२.२९ छ । त्यसैगरी प्रतिसेयर आम्दानी १२.६५, नेटवर्थमा प्रतिफल ९.५१ प्रतिशत छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!