बढ्यो सुनको मूल्य

Posted on: 29 Mar, 2021

चैत १६, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि चैत १३ गते सुनको मूल्य तोलामा ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । हिजोको तुलनामा ५ रुपैंयाले घटेर प्रतितोला १२२५ रुपैयाँमा कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!