घट्यो सुनको मूल्य

Posted on: 31 Mar, 2021

चैत १८, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य ८५ हजार १ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!