मंगलबार देखि मेरो शेयरमा समस्या

Posted on: 31 Mar, 2021

चैत १८, काठमाडौँ । मंगलबार देखि मेरो शेयरको सेवा अबरुद्ध भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सेवाग्राहीको चाप बढेकाले प्रविधिक समस्या देखिएका कारण सेवा अबरुद्ध भएको जनाएको छ । 

'मेरो शेयरमा सेवाग्राहीको चाप वढ्ने क्रम सँगै विभिन्न प्राविधिक समस्याहरू देखा पर्दै आएकोमा सो को समाधानका लागि आकस्मिक रूपमा थप सर्भरहरू जडान गर्नुपर्ने देखिएको र सो सर्भर जडान गरि डाटा माईग्रेसन गर्न केही समय लाग्ने भएकोले मिति २०७७। १२। १७ गते बेलुका ८ वजे देखि केहि समयका लागि मेरो शेयरको सेवा अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ। ' सूचनामा भनिएको छ,'मेरो शेयरको सेवा अवरूद्ध हुँदा मिति २०७७। १२। १६ गते कारोवार भई २०७७।१२।१८ गते राफसाफ तथा फछ्यौट हुनुपर्ने कारोवारको e-DIS प्रविष्टि गर्ने समय २०७७ । १२ । १८ गते विहान १० बजे सम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ ।'

शेयर बजारमा पछिल्लो समय लगानीकर्ताको चाप बढेका कारण मेरो शेयरमा समस्या देखिने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!