रुरु को आइपिओ निष्काशन, कति कित्ता भर्ने शेयर ?

Posted on: 02 Apr, 2021

चैत २०, काठमाडौँ । शुक्रबार देखि रुरु जलुविद्युत आयोजनाको आइपीओ निष्काशन भएको छ । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो । 

जसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो । 

आवेदन चैत २४ गते सम्म दिन सकिनेछ उक्त समयमा आइपीओ पुरै बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला हुने कम्पनीले जनाएको छ । रुरु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ भने इक्रा नेपालले रुरु जलविद्युत परियोजनालाई ग्रेड ३ रेटिङ दिएको छ । ग्रेड ३ रेटिङले औषतमा राम्रो भएको देखाउँछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!