आज सुनचाँदीको मूल्य कति ?

Posted on: 04 Apr, 2021

चैत २२, काठमाडौँ । आइतबार नेपाली बाजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार ८७ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि नेपाली बाजारमा स्थिर रहेको छ ।  शुक्रबार प्रतितोला १२ सय ४० मा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भएको हो । गत हप्ता केहि उकालो लागेको सुनको भाउ यो साताको पहिलो दिन भने स्थिर रहेको छ ।

गत हप्ताको पहिलो दिन प्रतितोला सुनको भाउ ८६ हजार ३ सय रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!