२५.७१ अंकले बढ्यो नेप्से,कसको कति कारोबार ?

Posted on: 04 Apr, 2021

चैत २२, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)२५.७१ अंकले बढेको छ । आज २५.७१ अंक अथात ०.९८ प्रतिशतले बढेर २६५७ .६१ विन्दुमा रोकिएको हो । आइतबार २१२ कम्पनीको शेयर कारोबार भएको छ ।  कारोबारमा आएका उक्त कम्पनीको ८९ हजार ८ सय ६० पटकको शेयर कारोबारमा १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।  

आज कारोबार भएको रकम ९ अर्ब ६ करोड ८ लाख ५८ हजार रहेको छ । आज सबै भन्दाबढी सातवटा कम्पनीले कमाएका छन् । ओमी माइक्रोसफ्ट वित्तीय संस्था,जेनेरल इन्सुरेन्स कम्पनी,राधि विद्युत कम्पनी,आइएमई जेनरल इन्सुरेन्स,एनआइसि एसिया लघुवित्त वित्तीय लिमिटेड,सानिमा जेनेरल इन्सुरेन्सर स्नजिना जलविद्युत कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यस्तै गुमाउनेमा साल्ट ट्रेडिङ कर्र्पोरेसन,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र हाइड्रोलिसीटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् । आज कारोबारमा आएका ट्रेडिङ,होटेल समूहको शेयर मूल्य घटेको छ भने बैंकिङ,विकास बैंक,हाइड्रोपावरको शेयर मूल्य बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!