घट्यो सुनको मूल्य

Posted on: 05 Apr, 2021

चैत २३, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको सुनको भाउ सोमबार भने केहि गिरावट आएको हो । 

आइतबारको तुलनामा प्रतितोला २ सयले घटेर छापावाल सुनको मूल्य ८७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० कायम भएको छ । 

सोमबार चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १२ सय ४० मा कारोबार भएको चाँदी आज ५ रुपैंयाले घटेर १ हजार २ सय ३५ मा कारोबार भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!