१.१३ अंकले बढ्यो नेप्से,कसको कति कारोबार ?

Posted on: 05 Apr, 2021

चैत २३, काठमाडौं । सोमबार शेयर बजार मापक परिसूचक (नेप्से)झिनो अंकले बढेको छ । आज १.१३ अंकले बढेर २६५८.७४ को विन्दुमा रोकिएको हो । आज २ सय १२ कम्पनीको ७३ हजार ५ सय ९८ पटकको कारोबारमा १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

सोमबार ७ अर्ब २९ करोड ५७ लाख ६० हजार १ सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ। बैंकिङ ११, विकास बैंक १३, निर्जीवन बीमा १०६ र जीवन बीमा ३८ अंकले घटेका छन्। व्यापार १३२, होटल तथा पर्यटन ११४, जलविद्युत ४६, उत्पादन २४, अन्य ३३, माइक्रोफाइनान्स ३४ अंकले बढेका छन् । 

४ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । यस्तै आज एनआइसी एसिया लघुवित्त, राधी विद्युत, ओमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १०५७, राधीको ४८५, ओमीको १६५८ र सानिमा जनरलको मूल्य ९ सय रुपैयाँ कायम भएको छ । 

श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ३ प्रतिशतले घटेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!